गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त
काठमाडौं, बैशाख २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति मक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।
ग्ण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिच त्रिपाठी रहनुभएको थियाे । दुबै माओवादी केन्द् निकट हुनुहुन्छ ।