आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

काठमाडौं, जेठ १ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ ह्जार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ४७ हजार ७०४ पुगेको जनाएको छ । हाल एक लाख नौ हजार ७४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म तीन लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल ६७५ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा चार हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter