विचार / अन्तर्वार्ता

भौतिक पूर्वाधारको विकास समृद्धिको प्रमुख आधार – प्रधानमन्त्री

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग मिलेर मुलुकको भौतिक पूर्वाधारको विकासमा अगाडि बढेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको भौतिक पूर्वाधार सम्मेलन, २०१७ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार एक्लैको प्रयासले मात्रै भौतिक पूर्वाधारको विकास नहुने भएकाले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्न चाहेको बताउनुभयो । राजनीतिक परिवर्तनको प्रक्रिया एउटा […]


हामीले आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था तर्फ लक्षित गर्दै आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्ने बताएका छन्। ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् । शुभकामनामा ज्ञानेन्द्रले राजा त्रिभुवनको स्मरण गर्दै प्रजातन्त्रको समेत व्यख्या गरेका छन् । ‘६७ औँ प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुबा […]


अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री दाहाल

रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन्। राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए। विगतमा गरिएको त्याग तपश्या र […]


नेपालको संविधान विश्वकै नमूनाः परराष्ट्रमन्त्री

काठमाडौं, ३ फागुन । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमूना भएको बताएका छन् । शान्ति वार्ताबाट द्धन्द्धको समाधान गरी संविधान सभाबाटै संविधान निर्माण भएको र यो समावेशीकरणको नमूना रहेको स्पष्ट पारे । बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा मङ्गलबार ब्रसेल्समा आयोजित नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक […]


निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार छ – प्रम दाहाल

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा (एमाले) सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनुभयो । संविधान कार्यान्वयनका […]


संविधान संशोधन भए मात्र देशले निकास पाउँछ : अध्यक्ष गच्छदार; निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ : नेता नेपाल

सप्तरी, २२ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनुभएको छ । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।” अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन […]


पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्नुहँुदै उहाँले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल […]


संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो : ओली;  संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : साना दल

  काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको छ । एमालेसहित विपक्षी नौ दलले आज यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान […]


पुँजीगत खर्च ८० प्रतिशत पु¥याउन निर्देशन

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई यहाँ आज सम्बोधन गर्दै उहाँले आव सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताउनुभयो । […]


संविधान कार्यान्वन नभए अहिलेसम्मका उपलब्धि गुम्न सक्ने खतरा – प्रधानमन्त्री दाहाल

दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकाले यो प्रस्तावको टुङ्गो संसद्बाट नै लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर, दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘प्रस्ताव फिर्ता हुँदैन, मतदानमा पारित भए पनि नभए पनि मतदान गर्नुपर्छ ।’’ उहाँले आफू केही दिनदेखि जिल्ला बाहिरका कार्यक्रममा सहभागी […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter