विचार / अन्तर्वार्ता

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं– उपप्रधानमन्त्री थापा; अधिकार कार्यान्वयन गर्न संविधान अपरिहार्य

पोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उहाँले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा […]


समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल; प्रधानमन्त्री दाहाल आज बेइजिङमा

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताउनुभएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उहाँले भन्नुभयो — “समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र […]


‘एक क्षेत्र एक मार्ग‘ले नेपालको विकासको ढोका खोल्छ’

काठमाडौँ, ४ चैत । चीनले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (ओबिओआर) अवधारणा नेपालमा कार्यान्वयन भए त्यसले मुलुकको सामाजिक–आर्थिक विकासको ढोका खोल्ने कूटनीति र कानुनका जानकारले बताएका छन् । काठमाडौँ स्कुल अफ लले आज भक्तपुरमा आयोजना गरेको ‘ओबिओआर परियोजनाको सम्भावना तथा दक्षिण एसियासँग चीनको सम्पर्क’ विषयको कार्यशालामा उनीहरूले नेपालको विकासका निम्ति मार्गप्रशस्त गर्ने उक्त परियोजनामा […]


संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली; गोविन्द गौतमका परिवारलाई रु पाँच लाख सम्मानस्वरुप प्रदान

धनगढी, ३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान […]


न्याम्सलाई छाता विश्वविद्यालयको रुपमा लैजानुपर्ने

काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा अध्ययन सुझावसम्बन्धी गठित समितिले विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई छाता विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न विज्ञापन गराउँदासमेत दर्खास्त दिन चिकित्सक नआएपछि दक्ष जनशक्तिको वैकल्पिक बाटो खोज्न स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २ गते सुझाव […]


स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगले यहाँ आज प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न […]


सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवसः महिला समानताका लागि आर्थिक उन्नति;  शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता : राष्ट्रपति भण्डारी

  काठमाडौँ, २४ फागुन । समान कामको समान ज्याला हुनुपर्ने आवाज बुलन्द पार्न सुरु गरेको १०७ वर्ष बितिसक्दा पनि महिलाले अझै पनि समान श्रमको समान ज्याला पाउन सकेका छैनन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरबाट समान कामको समान ज्यालाका लागि उठेको आवाज अहिलेसम्म आइपुग्दा कार्यान्वयन भएको देखिँदैन । विश्वभरि नै त्यसका लागि अझै आवाज उठिरहेको […]


वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै उहाँले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था […]


संविधान संशोधनपछि चुनाव हुन्छ – अध्यक्ष ठाकुर; वातावरण नबनाए निर्वाचन औचित्यहीनः नेता भटृराई

काठमाडौँ, २१ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी गरेजस्तै बल प्रयोग गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुनेमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती […]


राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस र सुन्तली

पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ । भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter