समाचार

अब गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र

काठमाडौं, असोज ५ गते । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ । गृह मन्त्रालयले असोज ४ गते बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको मन्त्रालयका उपसचिव एवम् नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । […]


प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै

काठमाडौं, असोज ४ गते । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानु लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक गरिसकेको […]


दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला

काठमाडौं, असोज ४ गते। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरूपका काम अझै अधुरो रहेको भन्दै […]


विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय

काठमाडौं, असोज ३ गते । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले दिनुभयो । शिक्षा अधिकारी कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]


सदस्य सचिव घिसिङ चीन प्रस्थान

काठमाडौं, असोज ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबार चीन प्रस्थान गर्नुभएको छ । चीनको हाङझाव सहरमा असोज ६ देखि २१ गतेसम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली टोलीको ‘सेभ दि मिसन’ को रुपमा सहभागीता जनाउन सदस्य सचिव घिसिङ चीन प्रस्थान गर्नुभएको हो । सदस्य सचिव घिसिङलाई […]


परम्परागत सीप सिकाउँदै विद्यालय

अमरराज नहर्की / तनहुँ, भदौ ३० गते । व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् । आधुनिक प्लास्टिकका थाल, बटुको प्रयोगले सालको पातको टपरीको प्रयोग […]


बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु अन्याय होः महामन्त्री थापा

काठमाडौं, भदौ ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ। शनिबार बिपी कोइरालाको ‘जेल डायरी’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताउनुभयो। उहाँले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु […]


उच्च अदालतका लागि २७ न्यायाधीशको नाम सिफारिस

काठमाडौं, भदौ २९ गते । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधिवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी […]


उपत्यकाका सात अस्पतालमा अनुगमन : अधिकांश अस्पतालमा जनशक्तिको अभाव

काठमाडौं, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारी सहितको टोलीले अनुगमन गरेको हो । सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको मन्त्री बस्नेत बताउनुभयो । उपत्यकाका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गङ्गालाल हृदय […]


मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन

काठमाडौँ, भदौ २७ गते । नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन् । विधेयकको संशोधनको समयसीमामा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter