समाचार

चमेलियाको विद्युत् बुधबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने

दार्चुला, १६ माघ । चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएको छ । यो सँगै १५ मेगावाट विद्युत् बुधबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । अर्को युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्‌को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट […]


रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

काठमाडौ, माघ १५ गते । सरकारले रसुवागढी–चिलिमे–गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न […]


सुन्तला : नफल्ने ठाउँमा सस्तो, बोटमा महँगो

फिदिम, माघ १५ गते । झापाको विर्तामोडमा सुन्तला उत्पादन हुँदैन तर त्यहाँ सुन्तला सस्तोमा पाइन्छ । यता पाँचथर फिदिम क्षेत्र सुन्तलाको पकेट हो तर यहाँ भने महँगोमा किन्नु पर्छ । सस्तोमा सुन्तला मागे फिदिमका व्यापारीले अचम्म लाग्ने गरी झापामा गए सस्तैमा पाइने जवाफ दिन्छन् । हुन पनि टाढा–टाढादेखि ढुवानी गरेर विर्तामोड पु¥याइने सुन्तला धेरै सस्तोमा […]


चुणामणि शर्माविरुद्ध ४ करोड २९ लाख बढीकाे बिगो दाबीसहित अर्काे मुद्दा दायर

काठमाडौँ, माघ १५ गते । अवैध सम्पत्ति आर्जन गरेको भन्दै आन्तरीक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरी अर्को मुद्दा विशेष अदालतमा दायर गरेको छ । अख्तियारले उनी सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७३ मंसिर मसान्तसम्मकाे सम्पत्ति जाँचबुझ गरेको थियो । ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ […]


एघार विमानस्थलको कमाइमात्रै करोडमाथि

रमेश लम्साल/सिबी अधिकारी / काठमाडौँ । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला […]


मानवाधिकार विशेष समाधीक्षक सोमबार आउँदै

काठमाडौँ, माघ १४ गते । नेपाल सरकारको निमन्त्रणामा प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा सोमबार यहाँ आउँदै हुनुहुन्छ । आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उहाँको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो । “सीमित […]


चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी

काठमाडौँ, माघ १४ गते । चुरे क्षेत्रको संरक्षणका लागि लागू गरिएको ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ प्रभावकारी कार्यान्वयनका लागि बिनियोजित बजेट नपुग्ने देखिएको छ । ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ ले गुरुयोजनाअनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका लागि साझेदार संस्थासँग छलफल गरिरहेको छ । सरकारले चुरे क्षेत्रमा भइरहेको दोहन नियन्त्रण […]


न्यायिक निकायबारे अलमलमा जनप्रतिनिधि

सुर्खेत,माघ १३ गते । निर्वाचित भएको नौ महिनासम्ममा पनि सल्याण कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तीला बुढामगर काम गर्न अलमलमा हुनुहुन्छ । जसले गर्दा गाउँपालिकामा आउने विवाद समाधान गर्नको लागि समस्या परेको उहाँले बताउनुभयो । न्यायिक समितिको संयोजकको रुपमा गर्नुपरेको र त्यसमाथि कानूनी हिसाबले अनभिज्ञ हुँदा समस्या भएकोे उपाध्यक्ष तीलाले सुनाउनुभयो । “चुलोचौकोबाट उठेर उपाध्यक्षसम्म पुगियो” उहाँले […]


हावाबाट बढी क्षमताको विद्युत् उत्पादन

सिन्धुली, माघ १३ गते । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट […]


प्रदेशसभा सञ्चालन गर्न दिग्दर्शन

काठमाडौँ, माघ १३ गते । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ । विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter