लहान, माघ १९ गते । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार […]
हेटौँडा, माघ १९ गते । प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा आज स्थापना गरिएको छ । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले आजै पदवहाली गर्नुभयो । पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले प्रदेश नं ३ मा मन्त्रिपरिषद्सहित सात वटा मन्त्रालय रहने जानकारी […]
काठमाडौँ, माघ १८ गते । राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य खुलेको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका […]
काठमाडौं । दुईदिने भ्रमणका लागि नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो कुनै एजेण्डा नभएको बताएकी छिन् । स्वराज भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असाल मित्रराष्ट्र भएको बताउँदै आफु दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन आएको बताईन् । ‘नेपाल मित्रराष्ट्र हो, […]
काठमाडौँ, माघ १८ गते । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । लामो […]
रत्ननगर, चितवन, माघ १८ गते । सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको […]
काठमाडौँ, माघ १७ गते । सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिनुभयो । खटिएकामध्ये चार सय प्रशासन र सय जना […]
काठमाडौं, माघ १७ गते । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएपछि पराजुलीमाथि अनुसन्धान सुरु भउको हो । निवेदन प्राप्त भएलगत्तै जिल्ला प्रशासन कार्यालयले […]
बर्दिवास, माघ १७ गते । महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् । गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा […]
मनाङ, माघ १७ गते । मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु […]