समाचार

करेसाबारीबाटै जीविकोपार्जन

ओखलढुङ्गा, मङ्सिर १२ गते । ओखलढुङ्गाका ग्रामीण स्थानका महिला तरकारी खेतीमा जुट्न थालेका छन् । श्रीमान् वा घरमूलीप्रति आश्रित ग्रामीण समाजमा महिला तरकारी खेतीमा लाग्न थालेका हुन् । सुरुमा आफू र आफ्नो परिवारलाई मात्रै तरकारी पु¥याउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो ग्रामीण समाजका महिला तरकारी खेतीमा जुटेपछि जीविकोपार्जन समेत गर्न थालेका छन् । ओखलढुङ्गाका ग्रामीण समाजका […]


सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

गाईघाट, उदयपुर, मङ्सिर १२ गते । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ । आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो । पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको […]


छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

काठमाडौँ, मङ्सिर १२ गते । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त […]


पचास हजार युवालाई स्वरोजगार बनाइने

पाल्पा, मंसिर १० गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको छ भन्नुभयो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार […]


लैगिंक हिंसाका घटनामा वृद्धि

डडेल्धुरा, मंसिर १० गते । जिल्लामा लैंङ्गिक हिंसासम्बन्धी घटना वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । आव २०७१÷७२ मा लैंगिक हिंसासम्बन्धी ११४, ७२÷७३ मा ११७, ७३÷७४ मा १६३ र चालु आव २०७४÷७५ को चौमासिकसम्म ३२ लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । वार्षिक रुपमा ५० देखि ६० उजुरीमाथि मात्र सुनुवाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयले […]


मेलम्चीको सुरूङ खन्न अझै दुई महिना

लक्ष्मण दर्नाल / काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महìवकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याउने सुरुङ खन्न एक किलोमिटर मात्र बाँकी रहेको छ र त्यसका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान […]


वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कञ्चनपुर, मंसिर ८ गते । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी हुनुभयो । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उहाँले भन्नुभयो, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।” “लाइनमा बस्नुपरेको […]


निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, मङ्सिर ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासंग आज आयोगले गरेको अन्तरक्रियामा उहाँले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त […]


सुर्खेतमा सबैको एजेण्डा विकास र समृद्धि

सुर्खेत, मंसिर ३ गते । संघ र प्रदेशको चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैला–दैलामा पुगेका देखिन्छन् । विभिन्न समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो […]


मतदान अधिकृतलाई प्रशिक्षण; सुरक्षा निकायसँग छलफल

बैतडी, मंसिर ३ गते । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ । मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter