समाचार

अस्पताल सञ्चालकद्वारा पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन माग

मोरङ, ११ कात्तिक । मोरङका अस्पताल सञ्चालकले आवश्यक अनुरुप पेट्रोलियम पदार्थको सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थ सहज रुपमा सरकारले उपलब्ध नगराए अस्पतालका अत्यावश्यक सेवा बन्द हुने स्थितिमा पुगेको अस्पताल सञ्चालकले बताएका छन् । पर्याप्त पेट्रोलियम पदार्थ र डिजेलको अभावमा विराटनगरका एक दर्जन अस्पतालका अत्यावश्यक सेवा प्रभावित भएपछि अस्पताल सञ्चालकले […]


वीरगन्जको वाणिज्य दूतावासमा भारतीय चालकको धर्ना

पर्सा, १० कात्तिक । घर फर्किने वातावरण मिनाउन माग गर्दै भारतीय चालक वीरगन्जमा धर्नामा बसेका छन् । विगत अढाई महिनादेखि नेपालमै अलपत्र परेका भारतीय चालकले नाका खुलाई घर जाने वातावरण मिलाउन माग गर्दै वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासको द्वारमा त्रिपाल ओछ्याई धर्ना बसेका हुन् । वीरगन्ज नाकामा अलपत्र परेका भारतीय खाली गाडी सीमापारि […]


फोहरबाट ग्यास

म्याग्दी, १० कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन र ग्यास अभाव हुँदा देशभरको जनजीवन प्रभावित बनिरहेका बेला म्याग्दीस्थित कारागारमा फोहरबाट उत्पादित ग्यासले खाना पकाउने गरिएको छ । शौचालय एवम् भान्छाको फोहरबाट बायोग्यास उत्पादन गरेपछि दाउराको खपत कम हुनुका साथै सरसफाइ, फोहर व्यवस्थापनमा सघाउ पुगेको मात्र होइन बजारमा देखिएको चरम ग्यास अभावको प्रभाव कारागारमा […]


दसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौँ, ९ कात्तिक । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका […]


क्याम्पसलाई जग्गा किन्न साढे पैँतालिस लाख सङ्कलन

 म्याग्दी, ९ कात्तिक । म्याग्दीको बाबियाचौर– ५ मा रहेको मङ्गला शिक्षा क्याम्पसको भौतिक पूर्वाधार जुटाउन रु ४५ लाख ५० हजार चन्दा सङ्कलन गरिएको छ । विसं २०६६ देखि अङ्ग्रेजी, गणित र नेपाली विषयमा शिक्षा सङ्कायको पठनपाठन हुँदै आएको क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा त्रिभुवन विश्वविद्यालयले दिने सहयोगबाट वञ्चित भएपछि जग्गा खरिद गर्नका लागि गत मङ्सिरदेखि […]


बाख्रा र बङ्गुरपालनमा रु २५ लाखको नयाँ कार्यक्रम

रत्ननगर (चितवन), ८ कात्तिक । चितवनमा यसवर्ष पशुविकास सेवा अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि जिल्ला पशु सेवा कार्यालयमा नयाँ कार्यक्रम आएको छ । पशुविकास सेवाको केन्द्रीय कार्यक्रम अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि रु २५ लाख रकमको नयाँ कार्यक्रम आएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । यसवर्ष बाख्रा विकासका […]


एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ ।  गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन । बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत […]


राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन कात्तिक ११ गते

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने […]


दलबीच समझदारी, एकता र सहकार्यमा सभामुखको जोड, पदको गरिमा अक्षुण्ण राख्ने प्रतिबद्धता

काठमाडौँ, ७ कात्तिक । सभामुख ओन्सरी घर्तीले संविधानको कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच समझदारी, एकता र सहकार्यको आवश्यकता औँल्याउँदै पदको गरिमालाई कायम राख्दै निष्पक्षतापूर्वक व्यवस्थापिका–संसद्लाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलोपटक व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको अन्त्यमा आज सम्बोधन गर्र्दै उहाँले सबै दलहरुलाई समदूरीमा राखेर स्वतन्त्र र निष्पक्ष रुपले नेतृत्वदायी भूमिका निर्वाह […]


कुष्ठरोग निवारण भएको जिल्ला बन्यो कन्चनपुर

कञ्चनपुर, ७ कात्तिक । कञ्चनपुर जिल्लामा कुष्ठरोग निवारण भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी देखा परे यसलाई कुष्ठरोग निवारण भएको मानिन्छ । कञ्चनपुरमा कुष्ठरोग निवारण दर त्योभन्दा कम शून्य दशमलव ५ प्रतिशत रहेको जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत उद्धव ठगुन्नाले बताउनुभयो । “जिल्लाको कुल जनसङ्ख्यामा ३५ जनामा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter