समाचार

विदेशी पाहुनालाई टीका

पोखरा, २७ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज लेकसाइडस्थित वटरफ्लाई फाउन्डेसनको भवनमा पोखरा घुम्न आएका विदेशी पाहुनालाई टीका लगाइदिने काम भयो । गएको वैशाख १२ गतेको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि पर्यटन व्यवसायमा आएको मन्दीलाई न्यून गर्न सङ्घले आज नवौं संस्करणको भाइटीका महोत्सवको आयोजना गरेको सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो । महोत्सवमा चीन, […]


महासचिव बानद्वारा सीमाअवरोधबारे चिन्ता व्यक्त

काठमाडौँ, २७ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गर्नुभएको हो । कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेल्नुभएको […]


पर्यटकीय सम्भावना बोकेको फूलबारी ओझेलमा ; म्याग्दीको थाली नाच लोकप्रिय बन्यो 

म्याग्दी, २७ कात्तिक । पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ । घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान हुने गरेको छ । फूलबारीसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुनु […]


सिस्नोको धुलो विदेश निर्यात

म्याग्दी, २७ कात्तिक । ‘हातका मैला सुनका थैला के गर्नु धनले । साग र सिस्नो खाएको बेस आनन्दी मनले ।। महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो पङ्क्ति व्यावहारिक रुपमा नै चरितार्थ भएको छ म्याग्दीका उद्यमीहरुका लागि । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि […]


छाप्रोमा झुल्किएन चाड ! (आलेख समाचार)  

प्रशन्न पोखरेल / कात्तिक २६, गोरखा । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रोमा छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार […]


तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

बाँके , २६ कात्तिक । बाँके जिल्लाको चिसापानीका महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मेहनत अनुसारको प्रतिफल पाइने भएपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । चिसापानीका २५ जना महिलाले कञ्चन कृषक समूह गठन गरी १७ हेक्टर जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेका छन् । पच्चिस जना महिलाले आफ्नै साढे १२ हेक्टर जग्गा र […]


बिहान–बेलुका लोडसेडिङ मुक्त गर्ने सरकारको तयारीः उर्जामन्त्री

ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा […]


गाई, गोरु र गोबद्र्धन पूजा; नेवार समुदायले नेपाल संवत् तथा म्हः पूजा विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]


पर्वतको पातीखोला रेन्बो ट्राउट फार्म नेपालकै उत्कृष्ट

पर्वत, २६ कात्तिक । पर्वत जिल्लाको पहिलो बाजुङस्थित पातीखोला रेन्बो ट्राउट नेपालकै उत्कृष्ट फार्म घोषित भएको छ । विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ पातीखोला रेन्बो ट्राउट फार्म उत्कृष्ट मुलुककै उत्कृष्ट फार्म घोषित भएको हो । मुलुकभर सञ्चालित २९ फार्मलाई पछि पार्दै पातीखोला रेन्बो ट्राउट उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ […]


झारलको सिकार गर्न ढोरपाटनमा विदेशी ओइरिँदै

डोलेन्द्र गौतम / बागलुङ, २५ कात्तिक । सिकार खेल्ने एक महत्वपूर्ण मानिने ठाउँ ढोरपाटन सिकार आरक्षमा पाइने झारलका लागि शिकारीले साढे नौ लाख रुपैयाँ तिर्नु पर्दछ । झारललाई कुनै तस्करको गिरोहले किनेर बेच्ने पनि होइन । न त मासु खाने प्रयोजनको लागि खरिद गरेको हो । सिकार खेल्ने सौखिन विदेशी धनाढ्यले वन क्षेत्रमा छाडिएका घोरललाई गोली […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter