एक्सक्लुसिभ समाचार

पशुपतिमा मङ्गलबार क्षमापूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडौँ, मङ्सिर २९ गते । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ […]


नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

काठमाडौँ, मङ्सिर २८ गते । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार आएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आज संयुक्तरुपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपाल अब […]


मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल

काठमाडौँ, मङ्सिर २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई यहाँ आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गर्नुभयो । सरकारका […]


सुन्तला बेचेर कृषक बने लखपति एकै गाउँबाट दुई करोडको बिक्री

अमरराज नहर्की / तनहुँ, मङ्सिर २६ गते । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका कृषक सुन्तला बेचेर लखपति बनेका छन् । व्यवसायिक कृषकहरुले पाँच लाखदेखि ६५ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । उमाचोक गाउँका कृषक सुन्तला बचेर मनग्गे आम्दानी लिन थालेपछि सोही गाउँसँग जोडिएको वडा नम्बर १ र ३ का कृषकहरु उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा […]


नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौँ, मड्सिर २५ गते । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका […]


बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

पर्वत, मङ्सिर २४ गते। पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका […]


सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

शविता शर्मा / काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो । सो अवसरमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाउनु भएको थियो ।नेपालले आफ्नै साधन, […]


सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बन्यो दरबार हाइस्कुल

शर्मिला पाठक / काठमाडौँ, मङ्सिर २२ गते । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र […]


अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

म्याग्दी, मङ्सिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका […]


‘लामो बाटोभन्दा बाख्रो पाठो ठीक’- कृषक आले

अमरराज नहर्की / तनहुँ, मङ्सिर २० गते । धन कमाउने सम्बन्धमा नेपालीमा एउटा उखान छ– ‘कि लामो बाटो कि त बाख्रोपाठो’ । भिमाद नगरपालिका–९ पार्थदीका युवक शिवकुमार आलेले भने लामो बाटो रोज्नुभएन बाख्रा पालनमा लाग्नुभयो । लामोबाटोमा लाग्ने उहाँका साथीहरुले बाख्रापालनबाट मनग्गे कमाएको देखेर दङ्ग परिरहेका छन् । बाख्रापालनबाट कृषक आले लखपती मात्रै बन्नु भएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter