काठमाडौं, मङ्सिर १४ गते । प्रधानमन्त्री केपी ओलीसँग नेपालकाे औपचािरक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्। चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा भने : कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग […]
अमरराज नहर्की / तनहुँ, मङ्सिर १३ गते । व्यास नगरपालिका–१ भादगाउँ निवासी देवी थापामगरले बङ्गुरका पाठा, पाठी बेचेर राम्रो कमाइ हुन थालेपछि धन कमाउन विदेशिनुभएका आफ्नो श्रीमान्लाई घर बोलाउनुभएको छ । प्रति पाठापाठीको सात हजार पाँच सयमा विक्री गरी मासिक ६० देखि र ७० हजार रुपियाँ मुनाफा हुने गरेको देवीले बताउनुभयो । ‘धेरै परिमाणमा पाल्ने […]
काठमाडौं, मंसिर १२ गते । नेपाल–भारतले आफ्नो सीमासम्बन्धी विषयमा आवश्यक परामर्श गरी समस्या समाधान गर्ने सहमति जनाउनुभएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेतृत्वको भारतीय प्रतिनिधि टोलीसँग भएको छलफलमा सो सहमति जनाउनुभएको हो । सीमामा व्यापार र बाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरुको सक्रिय कार्यान्वयनको सुनिश्चित गर्न भारतीय सरकारले खेलेको भूमिकाको नेपाल […]
काठमाडौं, मंसिर ११ गते । भारतका विदेश सचिव हर्षवर्धन शृङ्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । उहाँ नेपाल भ्रमणका लागि आज काठमाडाैं आइपुग्नु भएकाे थियाे । भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला नेपाल र […]
काठमाडौँ, मङ्सिर १० गते। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि […]
काठमाडौं, मंसिर ९ गते । नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् । आईसीसीले एक […]
ताप्लेजुङ, मङ्सिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज […]
अशोक घिमिरे / काठमाडौँ, मङ्सिर ७ गते । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो । सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई […]
लमजुङ, मङ्सिर ५ गते । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । […]
काठमाडौं, मंसिर ५ गते । सरकारले स्थानीय तहमा निर्माण गर्न लागेको पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्तिको बाटो खोलेको छ । मुलुकका ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित कार्य अगाडि बढाएको सरकारले अस्पतालका लागि जग्गा नभएको स्थानमा सरकारी जग्गा लिजमा लिन सक्नेगरी कार्यनीतिमा संशोधन गरेको छ । सरकारले नीति तथा […]