एक्सक्लुसिभ समाचार

उखु किसान र सरकाबीच पाँच बुँदे सहमति; आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौ, पुस १८ गते । केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेएिको छ । सहमति अनुसार किसानले […]


तरकारी खेतीमा रमाउँदै मुसहर

गौशाला, पुस १७ गते । गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो । उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला […]


नेपाल भ्रमण वर्षलाई महाअभियान बनाउँ : राष्ट्रपति; नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः प्रधानमन्त्री

काठमाडौ, पुस १६ गते । नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो । सो समारोहमा प्रमुखवक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड […]


२०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

रमेश लम्साल / काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण […]


मेलम्चीकाे पानी असारसम्म भित्र्याउन निर्देशन

काठमाडौँ, पुस १४ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्र्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पछिल्लो सम्झौतानुसार तोकिएकै अवधिमा काम सम्पन्न गरेर काठमाडौँ उपत्यकामा खानेपानीको सुनिश्चित गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको हो । समितिले आयोजनामा भुक्तानी गर्न बाँकी आपूर्तिकर्ताको समस्या समाधानका […]


भ्रमण वर्षमा पर्यटकलाई छुटै छुट

सिबी अधिकारी / काठमाडौं, पुस १३ गते । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित तमाम संस्थाले यो अभियानलाई […]


किन इयूले नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने ?

सिबी अधिकारी / काठमाडौँ, पुस १२ गते । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ । युरोपेली सङ्घ (इयू) को चासो अनुरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवाप्रदाय निकायको रुपमा स्थापित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भइरहेको […]


फष्टाउँदै व्यावसायिक च्याउखेती

भीमदत्तनगर, पुस ११ गते । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष […]


‘एमसिसीको बहस राजनीतिक तुष्टीकरण मात्रै’ : प्रवक्ता बाँस्कोटा

काठमाडौँ, पुस १० गते । सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका सन्दर्भमा चलेको बहस राजनीतिक तुष्टीकरण मात्र भएको टिप्पणी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसिसीको विषय ‘इन्डो प्यासिफिक स्ट्राटेजी’सँग जोडिएको छैन भन्दै यसमा अनावश्यक बहस नगर्न सुझाव दिनुभयो । “केही राजनीतिक तुष्टीकरण होला, […]


हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं, पुस ९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter