
धर्बेन्द्र झा / धनुषा, वैशाख २९ गते। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विपद्को घडीमा स्वास्थ्यकर्मीले नागरिकको जीवन रक्षाका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभएको छ। मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विभिन्न समस्या हुँदाहुँदै पनि सेवाको […]

विष्णु पाण्डेय / काठमाडौं, वैशाख २८ गते। ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाइओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले धमाधम काम भइरहेको छ। ६० जना कामदारले दैनिक १६ […]

काठमाडौं, वैशाख २७ गते। सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो । सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई र […]

घोराही (दाङ), वैशाख २६ गते । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ । ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरु सबै काम छोडेर […]

काठमाडौं, वैशाख २५ गते। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेकइन नेपाल समिट–२०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो। उहाँले सरकारले बजेटमा राजस्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरिरहेको बताउनुभयो। उहाँले […]

काठमाडौँ, वैशाख २३ गते । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । उहाँकाअनुसार नेपालमा दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा […]

सिराज खान / नेपालगन्ज, वैशाख २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ। शनिबार बाँकेको कोहलपुरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले सो बताउनुभयो । नेता […]

काठमाडौँ, वैशाख २१ गते । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ […]

काठमाडौँ, वैशाख २० गते। सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गरेको हो। अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरिएको छ। ‘‘समस्याग्रस्त सहकारी संस्था वा […]

काठमाडौँ, वैशाख १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिएका छन् । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले आन्तरिक रूपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको बताएका हुन् […]