एक्सक्लुसिभ समाचार

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

राँझा, भदौ २६ गते । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ । निकुञ्जले पर्यटन प्रवर्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउनुहुन्छ । […]


अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन

काठमाडौँ, भदौ २५ गते । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराउनुभयो । कूल विनियोजनमध्ये सङ्घले खर्च गर्ने […]


नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न र पदभार ग्रहण

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि […]


अनिवार्य शिक्षा कि अनिवार्य सीप ?’

प्रकाश सिलवाल / काठमाडौँ, भदौ २२ गते । “आरनमा कति डिग्री सेन्टिग्रेडमा फलाम तातेपछि त्यसलाई बङ्ग्याएर हँसिया बनाउन सकिन्छ ? के हाम्रो शिक्षा प्रणालीले यस्तो परम्परागत ज्ञानलाई कहिल्यै सिकाइसँग जोडेको छ ?” शिक्षालाई सीपसँग जोड्ने नीति भए पनि व्यावहारिक रुपमा त्यसतर्फ शिक्षा उन्मुख हुन नसकेको बारेमा सार्वजनिक शैक्षिक मञ्चमा बहस चल्दै आएको छ । शिक्षामा […]


मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की

काठमाडौँ, भदौ २१ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने बताउनुभयो । सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई […]


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढे

शेरबहादुर सिंह / महेन्द्रनगर, भदौ १८ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या […]


उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा […]


तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान […]


चाैतर्फी अफ्ठ्याराहरूकाे चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण

रमेश लम्साल / काठमाडौँ, भदौ १५ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा टावर बनाउन पनि उत्तिकै जोडबल आवश्यक पर्दछ । नेपालमा हाल निर्माणाधीन अधिकांश प्रसारण लाइन आयोजना रुग्ण अवस्थामा छन् भन्दा फरक पर्दैन […]


संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

नारायण न्यौपाने / काठमाडौँ, भदौ १४ गते । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन बोलाउने गृहकार्य भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते नयाँ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter