
दिवाकर पोख्रेल / देउखुरी, कात्तिक ७ गते । दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यवसायी निराश छन् । अहिले कुमाल समुदायले तिहार पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, […]

काठमाडौं, कात्तिक ७ गते । काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरूसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर […]

काठमाडौं, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ । प्रदेश प्रमुख मिश्र कात्तिक ९ देखि ११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जाने कार्यक्रम रहेका कारण उहाँको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम शर्मालाई कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । आचार्यले […]

काठमाडौं, कात्तिक ६ गते । तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब तीन लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएको […]

शान्ता अधिकारी / चितवन, कात्तिक ५ गते । चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ । अनियमित वर्षा, कम गुणस्तरको बीउ, रासायनिक […]

श्यामशङ्कर पाण्डे / लुम्बिनी, कात्तिक ५ गते । गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभएको छ । सुरक्षा, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको उहाँको भनाइ छ। सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले […]

हरिप्रसाद कोइराला / इटहरी (सुनसरी), कात्तिक ४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी साेही महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ । निर्वाचन आयुक्त थपलियाले शुक्रबार सुनसरीको इटहरीमा गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको […]

रमेश विश्वकर्मा / गुल्मी, कात्तिक ४ गते । गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो । नेवार समुदायले झिनियाँ रोटी व्यावसायिक रुपमा उत्पादन गर्दैआएका छन् । करिब एक सय घरधुरी नेवार समुदायको […]

महोत्तरी, कात्तिक ३ गते । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् । दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको […]

काठमाडौँ, कात्तिक ३ गते । दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ । दक्षिण एसियाली घरेलु श्रमिकको राजधानीमा चलिरहेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन बिहीबार बिहान भृकुटी मण्डपबाट सुरु भएको महिला श्रमिकको र्याली सहिदगेट, […]