• Sunday, June 01, 2025

समाचार

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

काठमाडौं, भदौ १० गते। अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो। अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, “अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ”, अहिले […]


कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च

काठमाडौं, भदौ १० गते । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन । दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको […]


५४ स्मार्टसिटी निर्माण गर्ने योजनाको काम अघि बढेन

विष्णु पाण्डेय / काठमाडौँ, भदौ ९ गते । सरकारले आधुनिक र व्यवस्थित सहरीकरण गर्न भन्दै देशभर ५४ वटा नयाँ सहर घोषणा गरे पनि अहिलेसम्म कामको प्रगति अघि बढ्न सकेको छैन । २०६७–६८ मा मध्यपहाडी लोकमार्गमा अवस्थित १० वटा सहरहरूको छनोट गरी नयाँ सहरको रूपमा विकास गर्न थालिएको थियो । त्यसछि भेरीगङ्गा र भेरी थपिएपछि १२ […]


राष्ट्रपतिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएन : गृहमन्त्री खाण

काठमाडौं, भदौ ९ गते। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउनुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर त्यस विषयमा ध्यानाकर्षण पनि नगराएको बताउनु भएको छ। राष्ट्रपतिले विधेयक वा अध्यादेशलाई जारी गर्नुपूर्व सम्बन्धित पक्षलाई बोलाएर केही विषयमा परामर्श गर्न र यसो किन भयो भनी जिज्ञासा राख्नुलाई अन्यथा मानिँदैन। संवैधानिक राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक […]


गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार

अमरराज नहर्की / तनहुँ, भदौ ८ गते । तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको […]


समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

काठमाडौं, भदौ ८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ। अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ।” जनआन्दोलन र जनयुद्धको […]


निर्वाचन प्रचारमा २५ जना बढी सहभागी हुन नपाइने

काठमाडौं, भदौ ६ गते । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो । चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको […]


चाडपर्व लक्षित प्रहरीको भरपर्दो सुरक्षा योजना

काठमाडौं, भदौ ६ गते । प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भरपर्दो सुरक्षा योजना निर्माण गर्न लागेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्रबहादुर धानुकले सोमबार कार्यालयका प्रमुखहरुलाई नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]


दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त

काठमाडौं, भदौ ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो । कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकाले […]


कान्छीमायालाई ७२ वर्षमा नागरिकता

चित्र मिजार / सिन्धुपाल्चोक, भदौ ५ गते । बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अविवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter