समाचार

विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

काठमाडौँ, वैशाख ८ गते । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उहाँले जघन्य अपराध, अवैध लागुऔषधजस्ता […]


धरहरामा ३३० किलोको गजुर स्थापना

काठमाडौँ, वैशाख ८ गते । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले […]


पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल

चितवन, वैशाख ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई […]


एक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं, बैशाख ७ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल […]


आज दिउँसोबाट मेलम्चीकाे १७ कराेड लिटर पानी सुरूङमा पठाइयो

मुकुन्द गैरे / काठमाडौँ, बैशाख ६ गते । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आजदेखि दैनिक १७ करोड लिटर अर्थात पुरै पानी पठाइएको छ । आज (सोमबार) दिउँसो १ बजेदेखि दैनिक १७ करोड लिटर पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार […]


आरटीपीसीआर परीक्षणमा एकहजार २२७ सङ्क्रमित, २५५ निको

काठमाडौं, वैशाख ६ गते । नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ । यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा […]


पूर्वका नदीमा जलयात्रा फस्टाउँदै, पर्यटक र यात्रुको भीड

भक्तिविलाश पोखरेल / गाईघाट,वैशाख ४ गते । नयाँवर्षको आगमनसँगै सप्तकोशीको सङ्लो पानीमा जेटबोटबाट रोमाञ्चित जलयात्रा गरी बराहा क्षेत्रको धार्मिक भ्रमण लागि आउने आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ । नेपालको सर्वाधिक ठूलो सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै विभिन्न कम्पनिले सञ्चालनमा ल्याएका जेटबोटमा मनोरम प्राकृतिक दृश्य हेर्दै वराह भगवानको दर्शनसमेत गर्न पाइने भएपछि नयाँ वर्षको पहिलो […]


आरटीपीसीआर परीक्षणमा एकहजार १५ जना सङ्क्रमित, २६२ निकाे

काठमाडौं, वैशाख ५ गते । नेपालमा कोरोनाभाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या […]


यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने

गोपालप्रसाद बराल / महोत्तरी, वैशाख ४ गते । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज […]


७६८ सङ्क्रमित थपिए, पाँचको मृत्यु, २२६ सङ्क्रमणमुक्त

काठमाडौं, वैशाख ४ गते । नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter