काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले […]
काठमाडौँ, पुस ५गते । संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ । परिषद्को गत मङ्सिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो । बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द […]
काठमाडौं, पुस ५ गते । नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी गरेकाे पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार ६२० जनाको आरटीपीसीआर परीक्षण गर्दा ५८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे । हालसम्म […]
कैलाश लामा / चरिकोट, दोलखा पुस ४ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता पार्वत गुरुङले चरिकोटमा निर्माण हुन लागेको अत्याधुनिक रंगशालाको शिलान्यास गर्नुभएको छ। दोलखाको भीमेश्वर नगरपालिकाले आफ्नै स्रोतबाट निर्माण गर्न लागेको रंगशालाको गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री गुरुङले शनिबार शिलान्यास गर्नुभएको हो। सदरमुकाम समेत रहेको चरिकोटमा रंगशाला निर्माण हुनु समग्र […]
काठमाडौं, पुस ४ गते । नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]
भगवान् गिरी / लिस्बन, पुस ३ गते । पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास नभएकाले पोर्चुगललाई पनि हेर्ने गरी जिम्मेवारी पाएको फ्रान्सस्थित […]
काठमाडौं, पुस ३ गते । नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]
काठमाडौं, पुस २ गते । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ […]
काठमाडौं, पुस २ गते । नेपालमा कोरोनाभाइरसका ७७६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५१ ह्जार ६९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]
उदयपुर, मङ्सिर ३० गते। चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा मङ्सिरको दोस्रो हप्तादेखि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गतवर्ष चैतदेखि यस वर्षको कात्तिकसम्म कोरोना सङ्क्रमणको महामारी र बन्दाबन्दीका कारण पर्यटक आगमन ठप्प भएको चौदण्डीगढी क्षेत्रमा अब दैनिक पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । बन्दाबन्दी खुलेर कोरोनाको सङ्क्रमणको अवस्थामा सुधार […]