समाचार

बुधबारबाट पश्चिमी वायु फेरि प्रवेश गर्दै, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, माघ २६ गते । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको […]


तीन हजार ३३३ वटा परीक्षणमा १३० सङ्क्रमित, १९४ निको भए

काठमाडौं, माघ २६ गते । नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २० लाख ९६ हजार ७५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड […]


नेपाली युवालाई पुनः ल्याउन कोरियाकाे सकारात्मक पहल

जीवन खत्री / सउल, माघ २५ गते । कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ । नेपाल सरकारले भिसा […]


दुई हजार २५१ परीक्षणमा ११९ थपिए, २६० सङ्क्रमित निको

काठमाडौं, माघ २५ गते । नेपालमा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६८ […]


ठूला व्यवसायमा महिलाको लगानी बढ्दै

भक्तपुर, माघ २४ गते । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रु. दुई करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को आज पूर्वमन्त्री एवं नेकपाका नेता […]


दुई हजार ७९५ परीक्षणमा ९९ सङ्क्रमित थपिए, २४८ निको, शून्य मृत्यु

काठमाडौं, माघ २४ गते । नेपालमा कोरोनाभाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २४८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ […]


कोरोनाका १०५ जना सङ्क्रमित थपिए

काठमाडौं, माघ २३ गते । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २७२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ […]


बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, माघ २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनु भएको छ । रासस


पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

रिपेश दाहाल / वाग्मती, माघ २२ गते । हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् । दशै, तिहार र छठपछि […]


टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter