समाचार

सरकारले शुरू गर्‍यो सर्जिकल पसलको दैनिक अनुगमन, धमाधम जरिबान ; शिक्षा मन्त्रालय भन्छ : एसइई परीक्षा चैत ६ गतेदेखि नै हुन्छ

काठमाडौँ, फागुन २३ गते । कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार […]


प्रमले टेलिफोनमा भन्नुभयो- ­म छिटो काममा फर्कन्छु

काठमाडौँ, फागुन २३ गते । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाप्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफँैले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताउनुभएको छ । “मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म […]


अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो

दीपक श्रेष्ठ / काठमाडौँ, फागुन २२ गते । अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न विदेशी प्रवेश गर्ने मुख्य मार्ग र सिमानामा कडा सुरक्षा जाँच सुरु गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.खतिवडाले मुलुकभित्र कोभिड–१९ सङ्क्रमण अहिलेसम्म नदेखिएको चर्चा गर्दै कोरोनाबारे भय र त्रास होइन सतर्कता र […]


नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याइँदै

नेपालगञ्ज, फागुन २२ गते । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो । योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ््याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता […]


राष्ट्रिय खेलकूद विकास विधेयक पारित

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते […]


कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

काठमाडौँ, फागुन २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिनुभएको छ । कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले […]


सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो

यलु जोशी / काठमाडौं, फागुन २० गते । गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । मंगलबार विहान ७ बजेर ५७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । जात्रापर्व समितीका संयोजक मिथाराम […]


दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

काठमाडौँ, फागुन २० गते । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सार्वभौम उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई […]


राष्ट्रिय योजना आयोगको योजना पारित

काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको छ । राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राजनीतिक मुद्धा मात्रै नभएर संघीय शासन प्रणालीमै सुधार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि बढाउने हिसाबले १५ […]


सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

कालिका खड्का / टोकियो, फागुन १९ गते । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter