समाचार

सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा; अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई थप जिम्मेवारी

काठमाडौं, ८ गते । सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिनुभएको छ । मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको उहाँको आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् सो जानकारी दिनुभएको छ । ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको […]


साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोख्रेल

बनेपा, फागुन ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याउनुभयो । काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोख्रेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताउनुभयो । अहिले […]


बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष प्रचण्ड

सुर्खेत, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताउनुभयो । “प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, […]


निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उहाँले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा […]


सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति

उत्तमकुमार उपाध्याय / रौतहट,फागुन ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उहाँले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष […]


वाइड बडी जहाजले आजदेखि नियमित उडान भर्दै

काठमाडौं, फागुन ६ गते । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो […]


विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गर्नुभएको हो । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ […]


कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेद्वारा शपथग्रहण

काठमाडौँ, फागुन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । यसअघि उक्त […]


छत्तीस सय किलोमिटर सडक कालोपत्र , ३२५ पुल निर्माण

काठमाडौँ, फाल्गुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो […]


भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणको काम ८३ प्रतिशत सकियो

मुकुन्द गैरे / काठमाडौं फागुन ४ गते ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका निजी आवास निर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निमाणको काम परिणाममुखी नभएको जनगुनासो आईरहेको बेला प्राधिकरणले उल्लेखनीय काम भएको दावी गरेको हो । प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भूकम्प बढी प्रभावित १४ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter