समाचार

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

राँझा, फागुन १८ गते । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उहाँले भन्नुभयो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका […]


सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेल

धनुषा, फागुन १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।” धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शहीद […]


एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण हुने

हेटौँडा, फागुन १२ गते । वाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले […]


सुशासन र विकास अहिलेको मुख्य कार्यभार होः प्रधानमन्त्री ओली

पोखरा, फागुन १२ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न […]


पोखरामा बाल अस्पताल सञ्चालन गर्न सम्झौता

पोखरामा बाल अस्पताल सञ्चालनका लागि पोखरा महानगर र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)बीच आइतबार सम्झौता भएको छ । सम्झौतापत्रका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा पोखरा महानगरका मेयर मानबहादुर जिसी र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरे । किओचले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा बाल स्वास्थ्य सम्बन्धी अध्ययन […]


नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण : मन्त्री खतिवडा

काठमाडौँ, फागुन ११ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । मन्त्री खतिवडाले शासकीय प्रवन्धको जग निर्माणमा सञ्चार माध्यमको भूमिका चर्चा गर्दै भन्नुभयो, “कस्तो नागरिक समाज तयार पार्छौ, त्यस्तै किसिमको प्रतिनिधित्व मुलुकले पाउने हो । त्यसैले […]


‘चैतसम्म विद्यालयमा शिक्षक दरबन्दी पु¥याइने’

काठमाडौँ, फागुन १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पु¥याइने बताउनुभएको छ । जनविकास माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र दरबन्दी पु¥याइने बताउनुभयो । उहाँले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरिने जानकारी गराउनुभयो […]


एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ – अध्यक्ष प्रचण्ड

चितवन, फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा […]


प्रचण्डले भने, ‘बीसौं शताब्दिपछि कम्युनिस्टहरू बिग्रिन थाले’

काठमाडौँ, फागुन ९ गते । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय कम्युनिस्ट शासन जनताबाट विमुख हुन खोजेको टिप्पणी गरेका छन् । प्रचण्डले विश्व राजनीतिक इतिहासमा देखिएको यो प्रवृत्ति नेपालको सन्दर्भमा पनि देखिने संकेत आउन खोजेको बताएका छन् । ‘बीसौं शताब्दिको सुरूमा महान क्रान्तिहरू कम्युनिस्टहरूबाटै भए पनि पछि एकजनाले पनि बलिदानी नगरी त्यो सत्ता […]


सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग

काठमाडौँ, फागुन ९ गते । नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । मिडिया काउन्सिल विधेयकसम्बन्धी महासङ्घले उठाएका विषय आंशिक सम्बोधन भए पनि काउन्सिलको स्वायत्तता लगायतका विषयमा थप सुधारको आवश्यकता औँल्याइएको छ । महासङ्घका केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार सम्पन्न […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter