समाचार

सय वर्षमा शताब्दी पुरुष जोशी

काठमाडौँ, वैशाख ३० गते । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नुभएको छ । विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ । जोशीले विसं २०१३ मा […]


आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव; ‘बजेटमा नयाँपन देखिन आवश्यक’

काठमाडौँ, वैशाख ३० गते । जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक […]


जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध

काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० […]


दृष्टिविहीन विद्यार्थीलाई मोबाइल

काठमाडौँ, वैशाख २९ गते । अपांगता भएको व्यक्तिको शैक्षिक अधिकार प्रवद्र्धनका लागि क्रियाशील नेपालले दृष्टिविहीन विद्यार्थीहरुलाई ‘एनड्रोइड मोबाइल’ वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्रियाशील नेपालले आज यहाँ आयोजना गरेको ‘दृष्टिविहीन विद्यार्थीको पढाइ क्षमता अभिवृद्धि प्रविधिकरण र एनड्रोइड मोबाइल वितरण’ कार्यक्रममा १० जना दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण […]


अर्गानिक तरकारी उत्पादन गर्दै रिसोर्ट

नवलपरासी, वैशाख २९ गते । पूर्वी नवलपरासीको नारायणी किनारामा रहेका होटल रिसोर्टले विदेशी पाहुनाको माग अनुसार रिसोर्टका लागि अर्गानिक तरकारी उत्पादन गर्न सुरु गरेका छन् । कावासोती नगरपालिका– १५ अमलटारीमा रहेको टाइगर टप्स थारू भिलेज रिसोर्टले विदेशी पाहुनाको मागलाई पूरा गर्नका लागि आफ्नो रिसोर्टको व्यवस्थापनमा अर्गानिक तरकारी उत्पादन सुरु गरेको छ । रिसोर्टका व्यवस्थापक डिवी […]


देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

काठमाडौँ, वैशाख २८ गते । रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ । सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका […]


मिहिनेत किसानको फाइदा लिने बिचौलिया

मधुसुधन तिमल्सिना / काभ्रे, वैशाख २८ गते । पछिल्लो समय बजारमा मल,बीउलगायतका कृषि उत्पादनमा प्रयोग हुने सामानको मूल्य आकाशीय पनि किसानले भने मिहिनेतको मूल्य पाउन सकेका छैनन् । खेतबारीमा मिहिनेत किसानको भए पनि उत्पादनलाई बजारसम्म पु¥याउँदा बिचौलियाको हातमा मोटो रकम पुग्न थालेको छ । बजारमा खरिद गरिने सामग्रीको मूल्य बढ्दो क्रममा रहे पनि किसानले उत्पादन […]


करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

डडेल्धुरा, वैशाख २७ गते । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराउनुभयो । […]


पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

काठमाडौँ, वैशाख २७ गते । पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले सो […]


सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेत, वैशाख २७ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter