कृष्ण पौडेल / पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि […]
काठमाडौँ, जेठ ६ गते । अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आज यहाँ पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताउनुभयो […]
विश्वास रेग्मी / काठमाडौँ । दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको छ । यो रकम आर्थिक वर्ष २०७२/७३ भर नेपालले प्राप्त गरेको विदेशी लगानीको तुलनामा दोब्बर […]
कञ्चनपुर, जेठ ५ गते । वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि रु दुई लाख ९० हजार […]
काठमाडौँ, जेठ ४ गते । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई […]
झापा, जेठ ४ गते । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म […]
१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन […]
पाँचथर । फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले […]
काठमाडौँ, जेठ ३ गते । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजदेखि शुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका […]
काठमाडौँ, जेठ २ गते । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क […]