देउखुरी, वैशाख २६ गते । राप्ती नदीले छाडेको बगरमा अहिले लटरम्म तरकारी र फलफूल फलेको छ । केही वर्ष पहिले ढुङगा, गिट्टी र बालुवाले भरिएको बगर अहिले तरकारीले ढाकेको छ । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाको राप्तीले बनाएको बगरमा आठ वर्षयता व्यावसायिक तरकारी खेती हँुदै आएको छ । राप्तीको खेर गइरहेको जग्गालाई प्रयोगमा ल्याउने […]
मीना घोरसाइने / काठमाडौँ, वैशाख २६ गते । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक […]
नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बीबीए टी-२० क्रिकेट प्रतियोगिता आगामी ३० वैशाख आइतबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै म्याचहरू मूलपानीस्थित क्रिकेट ग्राउण्डमा हुनेछन् । गत सालका त्रिवि बीबीए कप विजेता युनिभर्सल कलेज, शान्तिनगरको आयोजना र मर्सि एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यस प्रतियोगितामा कोकाकोलाको समन्वय रहेको छ । प्रतियोगिताको सह-प्रायोजनमा सगुन […]
काठमाडौँ, वैशाख २५ गते । बुढानीलकण्ठ ८ सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट भिल्लाले ब्याडमिन्टन तथा सफ्ट टेनिसका नयाँ कोर्ट थप गरेको छ । मंगलबार बिहान भिल्लाका परिसरमा आयोजित कार्यक्रममा नयाँ ब्याडमिन्टन र सफ्ट टेनिस कोर्टको संयुक्त रुपमा उद्घाटन भएको छ । बुढानीलकण्ठ नगरपालिकामा मेयर उद्धव खरेल, नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष […]
काठमाडौँ, वैशाख २५ गते । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । स्वतन्त्र न्यायपालिका […]
चितवन, वैशाख २५ गते । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । […]
काठमाडौँ, वैशाख २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि […]
काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७ वार्षिकोत्सव समारोहमा उहाँले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा […]
काठमाडौँ, वैशाख २४ गते । नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ । होटल एसोसिएशन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]
टीकाबहादुर बस्नेत / दाङ, वैशाख २३ गते । मिहिनेत र परिश्रम गरे स्वदेशमा प्रशस्तै रोजगारीका अवसर छन् भन्ने गतिलो उदाहरण दाङका युवाले दिएका छन् । स्नातकोत्तर उत्तीर्ण गरेका जिल्लाको घोराहीका चार युवाले सवा करोड रुपियाँको लगानीमा कुखुरापालन व्यवसाय सुरु गरेर आफूसँगै अरूलाई पनि रोजगारी दिइरहेका छन् । घोराही उपमहानगरपालिका १८ मा एक बिघा जग्गा लिजमा […]