समाचार

सबै मतपेटिका सदरमुकाममा संकलन

काठमाडौँ, मंसिर १३ गते । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको छ […]


साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, मंसिर १३ गते । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ […]


प्रेसमाथिको हस्तक्षेप क्षम्य हुन्न – अध्यक्ष आचार्य

नेपालगञ्ज, मंसिर १३ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमाथिको हस्तक्षेप कुनै पनि बहानामा क्षम्य नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, बाँकेअन्तर्गत गठित फ्रि मिडिया नेटवर्कद्वारा यहाँ आज आयोजित ‘पत्रकार सुरक्षा र चुनौती एवं प्रेस स्वतन्त्रता उल्लंघन’ विषयको एक छलफल कार्यक्रममा उहाँले सरकारका निकाय पत्रकार र समाचार संस्थामैत्री हुनुपर्नेमा जोड दिँदै यदि […]


करेसाबारीबाटै जीविकोपार्जन

ओखलढुङ्गा, मङ्सिर १२ गते । ओखलढुङ्गाका ग्रामीण स्थानका महिला तरकारी खेतीमा जुट्न थालेका छन् । श्रीमान् वा घरमूलीप्रति आश्रित ग्रामीण समाजमा महिला तरकारी खेतीमा लाग्न थालेका हुन् । सुरुमा आफू र आफ्नो परिवारलाई मात्रै तरकारी पु¥याउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो ग्रामीण समाजका महिला तरकारी खेतीमा जुटेपछि जीविकोपार्जन समेत गर्न थालेका छन् । ओखलढुङ्गाका ग्रामीण समाजका […]


सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

गाईघाट, उदयपुर, मङ्सिर १२ गते । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ । आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो । पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको […]


छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

काठमाडौँ, मङ्सिर १२ गते । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त […]


पचास हजार युवालाई स्वरोजगार बनाइने

पाल्पा, मंसिर १० गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको छ भन्नुभयो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार […]


लैगिंक हिंसाका घटनामा वृद्धि

डडेल्धुरा, मंसिर १० गते । जिल्लामा लैंङ्गिक हिंसासम्बन्धी घटना वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । आव २०७१÷७२ मा लैंगिक हिंसासम्बन्धी ११४, ७२÷७३ मा ११७, ७३÷७४ मा १६३ र चालु आव २०७४÷७५ को चौमासिकसम्म ३२ लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । वार्षिक रुपमा ५० देखि ६० उजुरीमाथि मात्र सुनुवाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयले […]


मेलम्चीको सुरूङ खन्न अझै दुई महिना

लक्ष्मण दर्नाल / काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महìवकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याउने सुरुङ खन्न एक किलोमिटर मात्र बाँकी रहेको छ र त्यसका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान […]


वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कञ्चनपुर, मंसिर ८ गते । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी हुनुभयो । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उहाँले भन्नुभयो, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।” “लाइनमा बस्नुपरेको […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter