
काठमाडौँ, वैशाख १४ गते । । सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन सार्न माग गर्दै दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालय सिंहदरबार लगायत विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। डा. बद्री के.सी. निवेदक रहेको उक्त मुद्दामा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आइतबार उक्त आदेश जारी गरेको हो। […]

काठमाडौँ, वैशाख १४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आज काठमाडौँमा आयोजित आ.व. २०८२-०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरु विषयक अन्तक्र्रियामा उहाँले […]

काठमाडौँ, वैशाख १३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ । भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा […]

गुणबहादुर रोका / सुलीकोट, वैशाख १३ गते। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ। शनिबार गोरखाको सिरानचोक गाउँपालिका– ७ श्रीनाथकोट स्वास्थ्यचौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै मुख्यमन्त्री पाण्डेले जनताको स्वास्थ्य सेवालाई ख्याल राख्दै गाउँमै स्तरीय स्वास्थ्य सेवामा पहुँच पु–याउन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको हो। ‘गण्डकी […]

अमरराज नहर्की / तनहुँ, वैशाख १२ गते । बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको । गर्मी बढेसँगै हाल पहिलाभन्दा झण्डै दोब्बर […]

काठमाडौँ, वैशाख १२ गते। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताएका छन् । उनले राजसंस्था पुनर्स्थापना […]

काठमाडौँ , वैशाख १० गते । जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । विभागले भनेको छ, ‘आगामी दुई दिनसम्म मधेस […]

शालिग्राम नेपाल / चितवन, वैशाख १० गते । चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट पूर्वतर्फ बछ्यौली जाने दुई सडकलाई सौन्दर्यीकरण गरिएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरमातहतमा दुई खण्डमा अलग अलग […]

गजेन्द्र गुरुङ / खजुरा, वैशाख ९ गते । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिनुभयो । […]

काठमाडौँ, वैशाख ९ गते । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए । […]