
सोलुखुम्बु, वैशाख ८ गते । सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। ‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको […]

काठमाडौँ , वैशाख ८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने […]

काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ। आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो। उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनुभयो। आइतबार […]

काठमाडौँ, वैशाख ७ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक […]

ललितपुर, वैशाख ६ गते । काठमाडौँ उपत्यकामा अस्थायी रूपमा हिउँदमा मात्रै आउने गरेको मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष बर्खाको समयमा पनि नियमित ल्याउने तयारी गरिएको छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएदेखि हिउँदमा मात्रै मेलम्चीको पानी वितरण हुँदै आएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० […]

काठमाडौँ, वैशाख ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौती दुवै भएको बताउनुभयो । उहाँले महिला उद्यमशीलताका […]

भरतपुर, वैशाख ४ गते । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी […]

सपना थामी / काठमाडौँ, वैशाख ५ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक सत्रका लागि एक करोड ७० लाख पुस्तक छपाइ तथा वितरणको कार्य जारी छ । उहाँले जनक शिक्षाबाट पुस्तक व्यवसायीले सबै जिल्लामा […]

काठमाडौँ, वैशाख ३ गते । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस […]

अमरराज नहर्की / तनहुँ, वैशाख ३ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो । कालोपत्र भएसँगै धुलो उडेर प्रदुषणले सास्ती पाएका स्थानीयलाई सहज भएको छ । पूर्वी खण्डको काम […]