Archive for: March, 2017

लघुवित्त अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्ने

काठमाडौँ, २ चैत । ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिइएको छ । लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र वित्तीय साक्षरता पु¥याउनुपर्नेमा जोड दिँदै लघुवित्त क्षेत्रले मूल्यमान्यतालाई भूल्न नहुने विचार व्यक्त गरेका हुन् […]


उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ २ चैत । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो । विभागले हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका […]


स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र; महान्यायाधिवक्तासँग आयोगको छलफल

काठमाडौँ, २ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, […]


जलवायु परिवर्तनका कारण पानी सङ्कटमा

रमेश लम्साल / काठमाडौँ, २ चैत । सरकारले ‘फोहर पानीको पुनःप्रयोग गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह– २०७३ मनाउने भएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यक्रमअनुसार यही चैत ४ देखि १० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले जानकारी दिनुभयो । विश्वभर नै […]


औपचारिक रुपमा कार्यान्वयनमा आए नयाँ संरचना

काठमाडौँ, १ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको जनाएको छ । मन्त्रालय मातहत रहेका २१७ नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहिसकेकाले र बाँकी रहेका ५२७ मा भने आजदेखि औपचारिक रुपमा काम कारबाही सुरु भएको छ । सरकारले कुल […]


Formal implementation of new structures begins

Kathmandu / March 14: The Ministry of Federal Affairs and Local Development has said the formal implementation of the new structures- metropolis, sub-metropolis, municipality and rural municipality- began formally in line with the federal system on Tuesday. The executive officers have already been placed in 217 municipalities under the Ministry while works to assign the […]


न्याम्सलाई छाता विश्वविद्यालयको रुपमा लैजानुपर्ने

काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा अध्ययन सुझावसम्बन्धी गठित समितिले विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई छाता विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न विज्ञापन गराउँदासमेत दर्खास्त दिन चिकित्सक नआएपछि दक्ष जनशक्तिको वैकल्पिक बाटो खोज्न स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २ गते सुझाव […]


वर्षाअघि पाइप बिच्छ्याउने र कालोपत्र गर्ने काम सकिन्छ – आयोजना

काठमाडौँ, १ चैत । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो […]


रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापित

काठमाडौँ, १ चैत । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ । धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै […]


निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक; उपसचिव र शाखा अधिकृतलाई मतदाता शिक्षा

काठमाडौँ १ चैत । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । “अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter