
काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिनुभएको छ । सचिवालयको आज यहाँ आयोजित १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा परिषद्ले पाएको […]

काठमाडौँ, २० चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नेपाल रुग्ण संस्था नभई अब प्रतिपर्धी सक्षम संस्था भएको बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ६७ औँ वार्षिक उत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले रेडियो नेपालले आफूलाई प्रतिपर्धी बनाउन काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । रेडियो नेपालले मुलुकको […]

कमल खत्री / म्याग्दी, २० चैत । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार […]

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । […]

कालिका खड्का / काठमाडौँ, २० चैत । “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ […]

पोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उहाँले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा […]

चितवन, १९ चैत । दुर्लभ एकसिङ्गे गैँडा मारेर खाग बिक्री गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार […]

काठमाडौँ, १९ चैत । सरकारले होमियोप्याथिक चिकित्सालाई आयुर्वेदिक तथा पूरक चिकित्सा नीतिमा समावेश गर्नु असान्दर्भिक भएको सम्बन्धित चिकित्सकले बताएका छन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै होमियोप्याथिक चिकित्सा विकास एवम् विस्तार सङ्घर्ष समितिले विश्व स्वास्थ्य सङ्गठनले यस पद्दतिलाई वैकल्पिक तथा पूरक चिकित्सा अन्तर्गत राखेको भए पनि सरकारले भने आयुर्वेद तथा पूरक चिकित्सा भनी आयुर्वेद […]

चितवन, १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा०ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता […]