• Wednesday, April 23, 2025

Archive for: August, 2017

बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति; सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको […]


कम्युटर बिलिङ प्रणालीमा नचलेका एक सय पन्ध्र ट्याक्सी कारबाहीमा

काठमाडौँ, साउन २९ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आजदेखि उक्त अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको […]


सहरी विकास ऐनको मस्यौदामा छलफल

काठमाडौँ, साउन २९ गते । सहरी विकासलाई एकीकृत रुपमा अघि बढाउन सहरी विकास ऐन, २०७४ को मस्यौदा तयार पारी छलफल शुरु भएको छ । मन्त्रालयले आज आयोजना गरेको छलफल कार्यक्रममा नगर विकास समिति ऐन, २०४५ र काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ ले सहरी विकाससम्बन्धी स्पष्ट व्यवस्था नगरेकाले ऐनको मस्यौदा तयार पारिएको जानकारी गराइयो । […]


एसिया कपका लागि खेलाडी छनोट

काठमाडौँ, साउन २९ गते । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित […]


‘बेनी भ्रमण वर्ष २०७५’ को तयारी

म्याग्दी, साउन २८ गते । पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाले सरोकार भएका संघसंस्थासँग […]


PM’s directive to rescue and provide relief to survivors

Kathmandu / Aug. 12: Prime Minister Sher Bahadur Deuba has directed all concerned district authorities to immediately shift the people who have been caught in floods and landslides in various parts of the country to safer locations, and provide relief to the survivors. In a directive issued to the administrative chiefs of the affected districts […]


बाढी पहिरोका कारण २९ जनाको मृत्यु;  कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

  काठमाडौँ, साउन २८ गते । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । […]


गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौँ, साउन २८ गते । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै […]


सामुदायिक वनले हरित क्रान्तिको थालनी गरेको छ : मन्त्री गौतम; जनताको जीवनस्तर उकास्न सरकार प्रतिवद्ध : मन्त्री बस्नेत

धुलिखेल, साउन २६ गते । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले हरित क्रान्तिको थालनी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ नाला, पाण्डेगाउँस्थित सानोवन सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारणा नआएको भए नेपालको हरियाली वन सकिएर जाने अवस्था रहेको बताउनुभयो । मन्त्री गौतमले […]


महासङ्घको महाधिवेशनको तयारी पूरा

काठमाडौँ, साउन २८ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter