एक्सक्लुसिभ समाचार

बहराइनका राजकुमारलाई सगरमाथा आरोहण अनुमति

सिबी अधिकारी / काठमाडौं, चैत १३ गते ।वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज यहाँ […]


चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

चितवन / चैत १२ गते । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका लामालाई उहाँकी छोरी उषा तामाङले कलेजो दान गर्नुभएको थियो । […]


देशभर ७६७ किमी क्षेत्रमा अप्टिकल फाइबर जडान सम्पन्न

काठमाडौँ, चैत ११ गते । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र […]


राष्ट्रपति भण्डारी स्वदेश फिर्ता; बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ: परराष्ट्रमन्त्री

काठमाडौँ, चैत १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति […]


मेलम्चीको पानी यसै हप्ता वितरण प्रणालीमा, पिउन योग्य आउने

मुकुन्द गैरे / काठमाडौँ, चैत्र ९ गते । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ । कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची […]


गोठेमल र गौमूत्रको प्रयाेगले ४० वर्ष रानो बोटमा सुन्तला लटरम्मै

अमरराज नहर्की / तनहुँ, चैत्र १ गते । मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् । सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको […]


मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक

दाने बोहरा / सिमकोट, फागुन २८ गते । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीय स्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन […]


चैतको दोस्रो साताबाट उपत्यकावासीले दैनिक रूपमा मेलम्चीको पानी पाउने

सञ्चिता घिमिरे / काठमाडौँ, फागुन २७ गते । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण […]


पोखरा विमानस्थल निर्माणमा चिनियाँ कामदार थपिँदै, चार महिनामा सम्पन्न गरिने

स्मिता अधिकारी / पोखरा, फागुन २६ गते । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीनबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् । विमानस्थल निर्माणका लागि अहिले सम्म ३२८ जना कामदारले काम गरिरहेका छन् । ती मध्य १७७ जना नेपाली र १५१जना चिनियाँ छन् […]


ग्वार्काेमा ‘फ्लाइ ओभर’ बनाइने

काठमाडौँ, फागुन २५ गते । सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्काेमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्काेमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter