बङ्गुरपालकद्वारा बजार विस्तारको खोजी

तिलोत्तमा (रुपन्देही), १२ असोज । रुपन्देहीमा बङ्गुरको मासुको उत्पादनमा वृद्धि भएपछि खपतका लागि विभिन्न १० स्थानमा मासु स्टोर तथा बिक्री केन्द्र स्थापन गर्न पहल गरिएको छ ।

जिल्लामा बङ्गुरपालक किसानले उत्पादनलाई जिल्लाभित्रै नयाँ बजारको पहिचान गरी मुख्य, मुख्य बजार क्षेत्रमा बिक्री केन्द्र स्थापना गर्न सामूहिक रुपमा लागेका छन् ।

बङ्गुर व्यवसायी सङ्घका अध्यक्ष खेमराज गुरुङले बङ्गुरको मासु जिल्लामा पछिल्लो समय वृद्धि भएपछि जिल्ला पशुसेवा कार्यालयको सहयोगमा बङ्गुर मासु बिक्री तथा स्टोर केन्द्र निर्माण गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा दैनिक तीन टन मासु उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा बङ्गुरपालनप्रति बढ्दै गएको आकर्षणसँगै बजार सानो बन्दै गएकाले नयाँ बिक्री केन्द्र निर्माण गर्न थालिएको छ ।

बजार व्यवस्थित नहुँदा किसान मारमा परेका छन् । पाल्पा, दाङलगायत जिल्लावाट बङ्गुरको गुणस्तहीन मासु सस्तो मूल्यमा आउने गरेको बङ्गुर व्यवसयी सङ्घका सचिव धनबहादुर बुढाथोकीले बताउनुभयो ।

दूधराक्षा गाविसको बाँसगढीमा रु एक करोडभन्दा बढी लगानी गरी लुम्बिनी लाइभस्ट्रप फार्म सञ्चालन गरेका बुढाथोकीले स्थानीय स्तरको बजार व्यवस्थापनको सङ्घले नै पहल गर्ने जिल्ला पशुसेवा कार्यलय, कृषि कार्यालयले सहयोग गर्ने बताउनुभयो ।

उहाँका अनुसार नयाँ बजारका लागि बुटवलका विभिन्न चार स्थानमा, भैरहवा एक, सैनामैना नगरपालिका एक, सालझन्डी गाविस एक, देवदह नगरपालिको खैरेनी एक ,मङ्गलापुर एक स्थानमा बङ्गुरको मासु तथा स्टोर केन्द्र निमार्ण हँुदैछन् । ती केन्द्रबाट उपभोत्ताले सस्तो र गुणस्तरीय मासु खरिद गर्न पाउनेछन् भने किसानले सिधै बङ्गुर बिक्री गर्न सक्नेछन् ।

जिल्ला पशुसेवा कार्यालय रुपन्देही प्रमखु गान्धीराज उपाध्यायले बङ्गुरको बजार खाजी र बिक्री तथा स्टोर केन्द्र निर्माणमा सहयोग गरेको बताउनुभयो । उहाँले बङ्गुरपालक किसानलाई खोरेत, फिबरका खोप निःशुल्क प्रदान गरेको बताउनुभयो ।

जिल्लामा एकल रुपमा करोडाँै रुपैयाँ लागनी गरेर फार्म खोल्ने तथा सामूहिक रुपमा पनि खोलेर व्यवसाय गर्नेहरु व्यापक मात्र पाइन थालेका छन् । जिल्लामा हाल १५२ वटा फार्म दर्ता भएका छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter