अघोषित नाकाबन्दीसंगै दैनिक उपभोग्य वस्तु सहज आपूर्तिको व्यवस्था

 पोखरा ।

संविधानको विरोधमा संयुक्त मधेशी मोर्चाले तराई जिल्लामा आव्हान गरेको आन्दोलनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको अवस्थामा स्थानीय प्रशासनले भने दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाएको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक क्षेत्रको निर्धारण गरी आपूर्तिसंगै वितरण प्रणालीलाई सहज बनाउँने निर्णय गरेको हो । भारतीय सीमा क्षेत्रका नाकामा अघोषित रुपमा नाकाबन्दी गरी तराईमा आन्दोलनरत मधेशी मोर्चालाई भारतले सहयोग गरेपछि मुलुकभर दैनिक उपभोग्य बस्तुको अभाव शुरु भएको छ । यस्तो अवस्थामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिनका लागि स्थानीय प्रशासनले बजार अनुगमन गर्ने, कालोबजारी गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने तथा बजारमा उपलब्ध बस्तुको वितरण प्रणालीलाई व्यवस्थित गर्ने नीतिलाई कडाईका साथ अवबम्बन गरेको छ ।

सार्वजनिक सवारी साधन इन्धनको अभावमा जोर विजोर प्रणालीअन्तर्गत सञ्चालन गरिएको छ भने निजी सवारी साधनलाई तीन दिनको अन्तरमा इन्धन वितरण गर्ने व्यवस्था मिलाइएको छ । पोखरा तथा आसपासका क्षेत्रमा इन्धन अभावमा सार्वजनिक सवारी तथा निजी सवारी साधन अत्यन्त न्यून मात्रामा सञ्चालित छन् । यद्यपी प्रशासनले इन्धन वितरण र सवारी साधान सञ्चानमा कोटा प्रणाली लागु गरेर भएपनि अवस्थालाई सहज बनाउने प्रयास गरेको छ ।

पोखराकालागि इन्धन आपूर्ति तथा वितरण केन्द्र लेखनाथस्थित गगनगौडा डिपोमा एक हप्ताका लागि इन्धन भण्डारण गरिएको भएपनि आपूर्ति व्यवस्था सहज बनाएर वितरण गरेमा थप समयका लागि धान्न सक्ने भन्दै स्थानीय प्रशासनले अत्यावश्यक क्षेत्र निर्धारण गरेर कोटा प्रणाली लागु गरेको हो ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter