• Monday, April 21, 2025

भारतीय आयल निगममा नेपाली ट्याङ्करलाई इन्धन भर्न सुरु

 oil cor

काठमाडौँ, १८ असोज । नेपालका केही पेट्रोलियम ट्याङ्करलाई आजबाट भारतीय आइल निगम (आइओसी)ले इन्धन भर्न दिएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ ।

आइओसीले आजबाट इन्धन भर्न दिएपछि विगत १० दिनदेखि ठप्प भएको पेट्रोलियम पदार्थको आयातमा केही दिनपछि सहज हुने एनओसीले जनाएको छ । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भन्नुभयो, “भारतीय आयल निगम(आइओसी)ले आजबाट केही ट्याङ्करलाई इन्धन भर्न दिएको छ । अब केही दिनपछि सहज हुने आशा गर्न सकिन्छ ।”

एनओसीले गत शुक्रबार आइओसीलाई पत्र पठाएर पेट्रोलियम पदार्थको आयात हुन नसकेको विषयमा जानकारी गराएको थियो । आइओसीलाई पत्र पठाएको विषयमा निर्देशक खड्काले भन्नुभयो, “व्यापारिक तवरले आइओसीलाई पत्र पठाइएर ध्यानाकर्षण गराएको हो ।”

इन्धनको सहज आपूर्ति हुनका लागि राजनीतिक एवम् कूटनीतिक रुपमा नै पहल हुनुपर्नेमा जोड दिँदै उहाँले व्यापारिक तवरमा आफूले पहल गरे पनि सहज हुन नसकेको प्रष्ट भएको बताउनुभयो ।

भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यूनमात्रामा ट्याङ्कर भित्रँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ भने मुलुकभर चरम इन्धन अभाव भएको छ ।

लामो लाइन लाग्दासमेत पेट्रोलियम पदार्थ पाउनसक्ने अवस्था छैन । जसका कारण पेट्रोल पम्प अगाडि लामो लाइन लाग्ने गरेको छ । आयात नै नभए पनि निगमसँग मौज्दात रहेको पेट्रेलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्नुपर्ने बाध्यता छ ।

सार्वजनिक सवारी साधानलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाएको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिएको छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योग धन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन ।

निगमले सामान्य रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यक क्षेत्रमा चौबिसै घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter