चाडबाडमा ठूला सार्वजनिक साधनलाई इन्धन उपलब्ध गराइने

(हरि लामिछाने)काठमाडौँ, २० असोज traval bus। नेपाल आयल निगमले हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ तथा नेपाल संवत्, दीपावली, छठलगायतका पर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ ।

तराईका विभिन्न क्षेत्रमा भएको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी भएपछि निगमसँग रहेको मौज्दातको अधिकतम उपयोग गरी इन्धन उपलब्ध गराउने तयारी गरिएको हो । निगमले केही सातादेखि निगमसँग भएको मौज्दातलाई समुचित प्रयोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्दै आएको छ ।

निगमले आन्तरिक उडानलाई पनि निरन्तरता दिने गरी हवाई इन्धन उपलब्ध गराउन अधिकतम पहल गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चर्को इन्धनको अभाव हुँदै आएको छ ।

निगमले उपत्यकाका विभिन्न बिक्री डिपोबाट ३० हजार लिटर पेट्रोल र एक लाख ६६ हजार डिजेल आज उपलब्ध गराएको छ । निगमसँग मौज्दातलाई अधिकतम सदुपयोग गर्ने नीतिअनुसार व्यवस्थापन गरिएको आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

उहाँले नेपालबाट पठाइएका ट्याङ्करले इन्धन भर्न नसकेको उल्लेख गर्दै राजनीतिक तहमा कुरा नमिलेसम्म सहज नहुने बताउनुभयो । निर्देशक खड्काले वैकल्पिक उपाय अवलम्बन गर्न निगमले गृहकार्य सुरु गरिसकेको उल्लेख गर्नु भयो ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार केही दिन अगाडि नेपालबाट गएका केही ट्याङ्करले मात्र इन्धन भर्न पाए पनि त्यो क्रम क्रमशः कम हुँदै गएको छ । नेपालले इन्धन भर्ने मुख्य डिपो बरौनी, रक्सौल र सिलगुडीमा एउटा पनि ट्याङ्करलाई आज इन्धन भर्न दिइएन् । अन्य स्थानबाट आज मात्र १५ ट्याङ्करले इन्धन पाएका छन् भने ग्यासका कुनै पनि बुलेट भरिएन ।

निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरलाई माइक्रोबसलाई १५ लिटर, मिनीबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराएको निर्णय गरिसकेको छ ।

निगमले अति आवश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरलाई जोरबिजोर गर्नेअनुसार १० लिटरका दरले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अति आवश्यक सेवा जस्तै दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ ।

ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरनम्बरकालाई जोर दिन र बिजोर नम्बरकालाई बिजोर गते परेको दिन पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । त्यस्तै अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटर सञ्चालनार्थ सीमित परिणाम प्रहरी कल्याण कोष पम्प नक्साल र शक्ति देवी पेट्रोल सेन्टर, लगनखेलबाट उपलब्ध गराएको छ ।

निजी सवारी साधन तथा टिपर, ट्रक मिनीट्रक र निर्माण सेवासँग संलग्नलाई पेट्रोलियम पदार्थ उपलब्ध गराएको छैन ।
लामो लाइन लाग्दासमेत पेट्रोलियम पदार्थ पाउनसक्ने अवस्था छैन । जसका कारण पेट्रोलपम्प अगाडि लामो लाइन लाग्ने गरेको छ । आयात नै नभए पनि निगमसँग मौज्दात रहेको पेट्रोलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्नुपर्ने बाध्यता छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योगधन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन ।

निगमले सामान्यरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यक क्षेत्रमा चौबीसैँ घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter