करिब रु दुई अर्बको तरकारी बिक्री

veg.

सुरुङ्गा (झापा), २१ असोज । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा परिचित बिर्तामोडस्थित कृषि उपज बजारमा आर्थिक वर्ष २०७१÷७२ मा रु एक अर्ब ९२ करोड ९१ लाखको तरकारीको कारोबार भएको छ ।

कृषि उपज बजारमा सात करोड १६ लाख ८३ हजार ५३२ किलो तरकारी बिक्री भएको हो । बिक्री भएको तरकारीमध्ये ८० प्रतिशत भारतवाट आयातीत तरकारी रहेको बताइएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७०÷७१ मा रु तीन अर्ब ४५ करोड ६८ लाख ६९ हजारको कारोबार भएको कषि उपज बजारमा सात करोड ५५ लाख ६० हजार ९२९ किलो तरकारीको किनवेच भएको कृषि उपज बजारकी तथ्याङ्क सहायक मायाकुमारी राजवंशीले बताउनुभयो ।

आर्थिक वर्ष २०६९÷७० मा रु सात अर्ब नौ करोड ७७ लाख ३६ हजारको कारोबार भएको थियो भने एक करोड नौ लाख ७४ हजार ३०५ किलो तरकारीको किनबेच भएको थियो ।

अघिल्लो आव २०७१÷७२ मा सबैभन्दा बढी आलुको कारोबार भएको छ । सो अवधिमा तीन करोड ८३ लाख आठ हजार २०० किलो आलु बिक्री भएको छ । जसमा आलु मात्रै रु ८५ करोड ७३ लाख ७१ हजारबराबरको विक्री भएको छ । आव २०७०÷७१ मा तीन करोड ७९ लाख २० हजार ३५ किलो बिक्री भएको थियो । रु एक अर्ब ८४ करोड ८६ लाख ७७ हजार ५५१ रकम बराबरको बिक्री भएको कार्यालयको तथ्याङ्मा उल्लेख छ ।

यसैगरी आव २०७१÷७२ मा प्याज मात्रै रु ४८ करोड ८५ लाख ५९ हजारको बिक्री भएको छ भने एक करोड २८ लाख ५८ हजार ३५० किलो बिक्री वितरण भएको छ । कृषि उपज वजारमा आलु र प्याजपछि सवैभन्दा बढी कारोबार गोलभेँडा भएको देखिन्छ ।

रु १७ करोड २८ लाख ४२ हजार ५९८ को गोलभेँडा बिक्री भएको छ । सो अवधिमा ३४ लाख ८५ हजार २६५ किलो गोलभेँडा बिक्री भएको तथ्याङ्क छ । आव २०७१÷७२ मा मूला रु चार करोड दुई लाख ९५ हजारको १९ लाख ६६ हजार ३४० किलो बिक्री भएको छ । स्कुसको कारोबार भने सो अवधिमा रु एक करोड २१ लाख ७४ हजारको १२ लाख ७७ हजार २८० किलो बिक्री भएको छ ।

कारोबारको हिसाबले क्रमशः बन्दागोभी, काउली, भण्टा, बोडी, सिमी, तीते करोला, पर्बल, खुर्सानी, फर्सी, गाँजर, भिन्डी, तरुल, साग, लौका, सिम्ला बिक्री भएको तथ्याङ्कमा उल्लेख छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter