• Wednesday, May 21, 2025

सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौता सम्पन्न

 rasuwa

काठमाडौँ, १८ मङ्सिर । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदानप्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएको हो । सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गर्नुभएको छ । सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्ष समक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो । सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter