सोमबारबाट निजी सवारी साधनलाई इन्धन उपलब्ध गराइने

oil line

 

काठमाडौँ, १९ मङ्सिर । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।

तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो ।

तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाट कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन ।

निगमका थानकोट डिपो प्रमुख रविन शर्माले आगामी सोमबारबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबारदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ ।

अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ । विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ ।

भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter