• Sunday, May 18, 2025

उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि २३३ योजनालाई अनुमति

 house

काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि जग्गा विकास, संयुक्त आवास र सामूहिक आवास गरी २२३ योजनालाई अनुमति दिइएको छ ।

उपत्यकामा अव्यवस्थित बसोबास रोकी व्यवस्थित सहर निर्माण गर्न दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस्तो अनुमति दिएको हो ।

काठमाडौँ जिल्लामा जग्गा विकास ३७, संयुक्त आवास ७५ र सामूहिक आवास ३३ गरी १४५ लाई अनुमति दिइएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी भक्तपुरमा जग्गा विकास आठ, संयुक्त आवास एक र सामूहिक आवास दुई गरी ११ वटा योजनालाई अनुमति दिइएको छ । ललितपुरमा जग्गा विकास ११, संयुक्त आवास २९ र सामूहिक आवास २७ गरी ६७ वटालाई अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

“नमिलेको जग्गालाई मिलाएर आवास निर्माणका लागि योग्य बनाउन जग्गा विकास, ठूलो एउटै भवनमा धेरै परिवार मिलेर बस्न बनाइने अपार्टमेन्टलाई संयुक्त आवास र धेरै जग्गामा फरकफरक भवन बनाएर अलगअलग बस्नका लागि सामूहिक आवास निर्माणको अनुमति दिइएको छ” – प्रवक्ता न्यौपानेले भन्नुभयो ।

प्राधिकरणबाट अनुमति लिएपछि सहरी विकास तथा भवन निर्माण विभागबाट भवनसम्बन्धी र स्थानीय निकायबाट नक्सा पास गराएर निर्माणको काम थालनी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । “अव्यवस्थितरुपमा भवन निर्माण गरी उपत्यकालाई कङ्क्रिटको जङ्गल हुनबाट रोक्न प्राधिकरणले अध्ययन गरी यस्ता आवासलाई अनुमति दिएको छ, यसरी अनुमति दिँदा खुल्ला स्थान पनि छोड्ने व्यवस्था गरिएको छ, यसो भएमा भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि सुरक्षित रहने स्थान मिल्छ” – प्राधिकरणका विकास आयुक्त योगेश्वर कृष्ण पराजुलीले भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter