• Monday, May 19, 2025

आँखामा आँसु नली बन्द भएमा घाउ नबनाई शल्यक्रिया हुने

 eye

 

काठमाडौँ, २६ मङ्सिर । आँखामा आँसु नली बन्द भएमा गरिने उपचार प्लास्टिक शल्यक्रियासम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ ।

तीलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा नयाँ प्रविधिबाट दक्ष जनशक्ति उत्पादन गर्नका लागि देशका विभिन्न स्थानका दश र प्रतिष्ठानकै आँखा चिकित्सक कार्यशालामा सहभागी छन् ।

लगातार आँसु आइरहने समस्याको बाहिरी घाउ नबनाई नाकभित्रबाट उपचार गरिने प्रविधिका बारेमा चिकित्सकलाई जानकारी दिनका लागि बुमरुनगार्ड इन्टरनेसनल अस्पताल थाइल्याण्डबाट डा नकावटसहितका चार सदस्य चिकित्सक काठमाडौँ आएको प्रतिष्ठानका आँखा विशेषज्ञ डा रोहित सैँजुले बताउनुभयो ।

आँखामा आँसुु जाने नली बन्द भएर आँखामा आँसु बगिरहने समस्याको उपचार बाहिर घाउ नबनाई इन्डोस्कोपीद्वारा शल्यक्रिया गरिने यो प्रविधि नेपालका युवा वर्गमा लोकप्रिय भए पनि पाका मानिसले भने आँखा बाहिर घाउ बनाई शल्यक्रिया गर्ने गरेको बताइएको छ ।

बढीमात्रामा महिलामा देखिने यो रोगको उपचार ग्रामीणस्तरसम्म पु¥याउन सरकारले पहल गर्नुपर्ने कार्यशालामा बताइएको थियो ।

यो प्रविधि अन्य प्रविधिभन्दा महँगो पर्ने चिकित्सकको भनाइ छ । यो उपचार तीलगङ्गा अस्पतालमा सन् २००८ देखि सञ्चालन गरिए पनि नयाँ प्रविधिका बारेमा नेपालका आँखा चिकित्सकलाई जानकारी दिन कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter