सर्वोकृष्ट संविधान भन्न हिच्किचाउनु हुँदैन ः राष्ट्रपति भण्डारी

 bidya bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई सर्वोत्कृष्ट भन्न हिच्किचाउन नहुने बताउनुभएको छ । नवलपरासीको प्रगतिनगरस्थित जनज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभयो । मानव अधिकारको विश्वव्यापी मान्यतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै जारी भएको संविधान नेपालको संवैधानिक इतिहासकै अग्रगामी र सर्वोत्कृष्ट प्रयोग भएको उहाँले बताउनुभयो । राजधानी बाहिरको पहिलो कार्यक्रममा प्रगतिनगर आउनुभएका राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमा सरकारी लगानीको कमी भएको बताउनुभयो ।

शिक्षामा लगानीको कमी छ नतिजा झन् त्यसको तुलनामा कम छ, उहाँले भन्नुभयो– “कम शिक्षाकै कारण कुप्रथाबाट प्रताडित हुनु परेको छ । शिक्षा वैज्ञानिक र व्यावसायिक बन्नुपर्छ ।” देश विकासमा योगदान पु¥याउने जनशक्ति तयार गर्न शिक्षाले भूमिका खेल्ने उहाँले बताउनुभयो । अपेक्षा गरेअनुसार शिक्षा गुणस्तरीय हुन सकेको छैन, उहाँले भन्नुभयो– “ज्ञान र प्रविधिलाई बालबालिकाको हितमा प्रयोग गर्नुपर्छ । त्यसो हुन नसक्दा विश्वको विकास प्रक्रियामा सहभागी हुन सम्भव हँुदैन ।” शिक्षा, ज्ञान र चुनौतीको हतियार भएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो– “शिक्षाले नै मानवीय जीवनलाई मर्यादित बनाउँछ ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter