• Saturday, May 17, 2025

हुम्ला र डोल्पामा लोकसेवा आयोगको परीक्षा केन्द्र

 lok seva aayog

 

काठमाडौँ, ४ पुस । लोक सेवा आयोगले हुम्ला र डोल्पा जिल्लामा परीक्षा केन्द्र कायम गर्ने भएको छ । 

कर्णाली अञ्चल दुर्गम र पिछडिएको क्षेत्र भएकाले सो क्षेत्रबाट बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गरुन् भन्ने उद्देश्यले ती दुई जिल्लामा परीक्षा केन्द्र कायम गर्न लागेको हो । 

आयोगको सुर्खेत कार्यालयले परीक्षा केन्द्र कायम गरी खरिदार र नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । आयोगका अध्यक्ष उमेश मैनालीले कर्णाली क्षेत्रका जनताको मागबमोजिम ती दुई जिल्लामा परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो । 

व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा अध्यक्ष मैनालीले आयोगको सुर्खेत कार्यालयले अस्थायीरुपमा परीक्षा केन्द्र कायम गरी ती जिल्लाका योग्य उम्मेदवार सरकारी सेवामा प्रवेश गरुन् भन्ने चाहना राखिएको बताउनुभयो । 

सांसद जीवनबहादुर शाहीले जुम्ला र सुर्खेतमा परीक्षा सञ्चालन गर्दा खरिदारमा प्रायः जुम्ला जिल्लाबाटै उत्तीर्ण हुने र सुर्खेतमा परीक्षा गर्दा दैलेखका मात्रै नायब सुब्बामा मात्रै उत्तीर्ण हुने अवस्था देखिएकाले कर्णाली अञ्चलका अरु जिल्लाको भावनासमेत समेट्न पटक–पटक आयोगसमक्ष आग्रह गरिएको बताउनुभयो । 

आफूहरुको आग्रहबमोजिम नै आयोगले कर्णाली अञ्चलका दुई जिल्लामा परीक्षा केन्द्र कायम गरिदिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । आयोगले विद्युतीय प्रणालीबाट अधिकृत तहको फारम भर्ने प्रक्रिया सुरु गरेको छ । 

अध्यक्ष मैनालीले उत्पीडित तथा पिछडिएको क्षेत्र, दलित, आदिवासी, जनजातिको आरक्षण कोटामा पनि एकाध जात विशेषमा मान्छे मात्रै आइरहेको उल्लेख गर्दै जुन वर्ग तथा क्षेत्रका लागि आरक्षण व्यवस्था गरिएको हो, त्यही समुदाय नै कम आएको भन्दै त्यसलाई कसरी लक्षित समुदायमा पु¥याउन सकिन्छ भन्नेमा छलफल जारी रहेको बताउनुभयो । 

उहाँले पहिलो पल्ट झापाको सतार समुदायबाट आयोगले लिएको अधिकृतस्तरको परीक्षा उत्तीर्ण गरेको समेत जानकारी दिनुभयो । रासस 

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter