संविधानले सबैलाई समान व्यवहार गरेको छ – नेता खनाल

Jhalanath%20(1)

 

इलाम, ४ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधानले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज इलामको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानले दलित, महिला, आदिवासी जनजाति, मधेसीलाई धेरै हक, अधिकार दिएको बताउँदै यसको सफल कार्यान्वयनमा जोड दिनुभयो । “मधेसमा केही टाठाबाठाले संविधान मधेस विरोधी छ, मधेसीको पक्षमा छैन भनेर भ्रम फिँजाइरहेका छन्, यो भन्नु किमार्थ ठीक होइन र यस्तो भ्रम फैलाउनु अपराध हो”–उहाँले भन्नुभयो ।

दलित, महिला, आदिवासी, मधेसीलगायत पिछडिएको समुदायको आधारभूत समस्या संविधानले सम्बोधन गरिसकेकाले संविधानमा कसैको हक अधिकार छुटेको भए संविधान संशोधनमार्फत अघि बढ्न सकिने उहाँको भनाइ छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter