पोखराको पर्यटकीय सम्भावनालाई अधिकतम उपयोग गर्नुपर्ने : प्रभु साह
December 24, 2015 | 7:51 pm    
पोखरा, ९ पुस । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले पोखराका प्रचुर पर्यटकीय सम्भाव्यतालाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
पोखराका पर्यटकीय सम्भावना र विकासका सम्बन्धमा आज यहाँ आयोजित स्थानीय पर्यटन व्यवसायी, पर्यटन कार्यालय तथा नागरिक उड्डयन कार्यालयका पदाधिकारीसँगको छलफल एवम् अन्तक्र्रियामा उहाँले पोखराका आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्नसके यो स्वदेशी एवम् विदेशी पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने धारणा राख्नु भयो ।
पोखरा क्षेत्रको पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवको आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनु आवश्यक भएकामा जोड दिँदै उहाँले यसलाई पर्यटकीय राजधानीका रुपमा अघि बढाउन सकिने उल्लेख गर्नुभयो ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी २०३३ सालमै अर्को विमानस्थल निर्माणका लागि पहल सुरु गरिएको थियो ।रासस