राजदूतावासः तीन देशमा घर निर्माण र चार मुलुकमा भवन खरिद

download

 

काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस वा बेल्जियमको ब्रसेल्समा दूतावासका लागि भवन खरिद गर्ने सरकारको योजना छ । 

लामो समयदेखि ती राष्ट्रमा आफ्नै भवन नहुँदा कूटनीतिक कार्यसम्पादन तथा सेवा प्रवाहमा कठिनाइ भएको थियो । साथै विदेशी मुद्रामा नेपाली कूटनीतिक नियोग सञ्चालन गर्दा राष्ट्रको व्ययभार पनि बढिरहेको थियो । नेपालको खरिद प्रक्रिया र सम्बन्धित मुलुकको किनबेचको पद्धतिमा सामाञ्जस्य कायम हुनुपर्ने भएकाले तोकिएको अवधिमा भवन खरिद गर्न परराष्ट्र र अन्य सहयोगी निकायले कठोर परिश्रम गर्नुपर्ने छ । 

कार्ययोजनाले निर्धारण गरेका काम तोकिएको समयभित्र पूरा गर्न परराष्ट्र मन्त्रालय, मातहतका महाशाखा, शाखा, विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन, अर्थ, गृह र अन्य सरोकार मन्त्रालयले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेछ । गत मङ्सिर २४ गतेको मन्त्रिपरिषद् बैठकले दुईवर्षे तत्काल सुधार कार्ययोजना पारित गरेको थियो । रासस 

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter