सुदूरको सीमाङ्कन परिर्वतन हुँदैन ः देउवा

 download (1)

 

बेलौरी (कञ्चनपुर), ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ । 

नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका क्रममा केही मधेसकेन्द्रित दलले सीमाङ्कनको विषयलाई लिएर तीन महिनादेखि थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर विवादित जिल्ला भए पनि काँग्रेसले सुदूरलाई नटुक्र्याउने आश्वासन दिनुभयो । 

यहाँ बस्नै सबै जातजातिले मिलेर बस्नाको विकल्प नरहेको समेत नेता देउवाले बताउनुभयो । भेटघाटमा काँग्रेस कञ्चनपुरका नेताहरुले ऐतिहासिक रुपमा मिलेर बस्दै आएका थारु–पहाडी मूलका नागरिकबीच झन् सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिनुभयो । रासस 

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter