विराटनगर, १४ पुस । उपप्रधानमन्त्री तथा भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संविधानले मुलुकका सबै वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ ।
जिविस मोरङद्वारा आयोजित ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत विराटनगरमा आज सो कुरा बताउनुभएको हो ।
उहाँले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई अधिकारबाट वञ्चित गराइएको भ्रम फैलाइएकाले यसलाई चिर्न संविधानको विशेषताबारे गाउँ–गाउँमा जनताको माझमा जानकारी गराउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
मुलुकमा संविधान जारी भइसकेकाले अब यो कुनै पनि आन्दोलनबाट खारेज हुन नसक्ने भएकाले मधेसी मोर्चा वार्ताद्वारा समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यो संविधानलाई विशेष वर्ग र समुदायले बनाएको भ्रम फैलाइएको चर्चा गर्दै उहाँले संविधान निर्माण गराउनका लागि तीनवटा दललाई एक ठाउँमा ल्याउनका लागि आपूmले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।
मुलुकमा आठवटा राज्य बनाउनुपर्दछ भनी आपूmले राखेको मागलाई तीन दलले कदर नगरेको कारणले संविधान जारी हुन लागेको अन्तिम समयमा आपूm सहभागी नभएको पनि बताउनुभयो ।
आन्दोलनबाट मुलुकलाई धेरै क्षति हुने भएकाले सो बाटो नअपनाएर आफ्ना मागहरु राखेको र मुलुकलाई निकास दिनका लागि आठ प्रदेश आवश्यक रहेको धारणा प्रकट गर्नुभयो ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग, समुदाय अधिकार सम्पन्न भएको चर्चा गर्दै उपप्रधानमन्त्री गच्छदारले आन्दोलनको कारण कतिपयलाई ज्यान गुमाउनु परेकाले आन्दोलनबाट कुनै फाइदा नहुने स्पष्ट पार्नुभयो । रासस