संविधानले मधेसी समुदायको अधिकार संरक्षित गरेको छ ः उपसभापति पौडेल
December 31, 2015 | 7:55 pm    
लुम्बिनी (रुपन्देही), १६ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी संविधानले मधेसी समुदायको हकहित र अधिकारलाई सबैभन्दा बढी समेटेको बताउनुभएको छ ।
संविधानबारे मधेसी जनतालाई भ्रम सिर्जना गरेका कारण निर्देास मधेसी जनताले आन्दोलन गरिरहेको बताउँदै संविधानले मधेसी जनतालाई सबैभन्दा बढी अधिकार प्रत्यायोजन गरेको दाबी गर्नु भयो ।
चालिऔँ राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर नेपाली काँग्रेस रुपन्देहीले आज यहाँ आयोजना गरेको राष्ट्रियता र बिपीको मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा काँग्रेस उपसभापति पौडेलले संविधानको कार्यान्वयनका लागि संविधान संशोधन प्रक्रियालाई संसद्बाट छिट्टै पास गराउनुपर्ने धारणा राख्नु भयो । संविधानले नेपालका उत्पीडित तथा पछाडि परेका जनताको हितका लागि विभिन्न आयोग बनाउने गरी संविधान आएको उल्लेख गर्नु भयो । संविधान कार्यान्वयनका लागि सरकार, प्रतिपक्षी तथा आन्दोलनमा रहेका दल एक ठाउँमा भएर हिँड्नुपर्ने बताउनुभयो । रासस